जिल्ला भूसंरक्षण कार्यालय,बबरमहल, काठमाडौ

 

परिचय

जिल्ला भूसंरक्षण कार्यालय, काठमाडौँ वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत भू तथा जलाधार संरक्षण विभाग मातहतको वर्गमा पर्ने जिल्लास्तरीय कार्यालय हो। काठमाडौँ जिल्लाको संवेदनशील भौगोलिक अवस्था, वर्षेनी हुने भीषण मनसुनी वर्षा, तीब्र रुपमा वृद्धि भइरहेको जनसंख्या तथा प्राकृतिक श्रोतहरुको जथाभावी उपभोग, आदि कार्यहरुबाट हुन जाने भूक्षयलाई सक्दो हदसम्म रोकी प्राकृतिक सन्तुलन कायम गर्ने हेतुले २०५३ साल आषाढ महिनाको २७ गतेका दिन (आ.व. ०५२/०५३ को अन्त्यमा) यस कार्यालयको स्थापना भएको हो। समग्रमा भूक्षयको जलाधारीय अवस्थाको दृष्टिले यो काठमाडौँ जिल्ला खराव अवस्थाको जिल्लामा पर्दछ। 

उद्देश्यहरू

क)   काठमाडौँ जिल्ला भित्रका महत्वपूर्ण जलाधार क्षेत्रहरुको संरक्षण तथा सम्वर्द्धन गरी बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपहरुको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाऊ पुर्‍याउने।

ख)   जिल्ला भित्रका जलाधार क्षेत्रहरुको वैज्ञानिक व्यवस्थापनबाट भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्नुको साथै विकासका पूर्वाधारहरुको संरक्षणमा सघाऊ पुर्‍याउने।

ग)    वातावरण तथा भूसंरक्षण सम्वन्धी कार्यक्रमहरुको बारेमा प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गराउने। 

कार्यनीति

माथि उल्लेखित उद्देश्यहरु प्राप्तिका लागि निम्न कार्यनीतिहर अपनाइएका छन् :  उपजलाधार क्षेत्रहरुको अवस्था र प्राथमिकताको आधारमा जनसहभागिता जुटाई एकीकृत अवधारणा अनुरुप कार्यक्रम संचालन गर्ने। 

प्राप्त सिमित श्रोतको कम्तिमा ६० प्रतिशत अंश जिल्लाभित्रका प्राथमिकता प्राप्त उपजलाधारा क्षेत्रहरुमा र बाँकी ४० प्रतिशत अति समस्या भएको अन्य बाँकी क्षेत्रमा प्रयोग गर्ने। 

प्राकृतिक प्रकोप सम्वन्धी सूचना संकलन तथा प्रतिवेदन तयार गर्दै जाने। 

उपजलाधार क्षेत्रला योजना तर्जुमा एवं व्यवस्थापनको इकाई मानी कार्यक्रमहरु संचालन गर्ने। 

उपयुक्त प्रविधि, प्रदर्शन, तालिम, भ्रमण, गोष्ठी तथा प्रचार प्रसार, संरक्षण दिवससमारोह आदिको माध्यमबाट ग्रामीण क्षेत्रमा कार्यमूलक जनचेतना जगाउने र जनसहभागिता जुटाई कार्यक्रमहरु संचालन गर्ने। 

सफल कार्यक्रमहरुलाई मिल्दो हावापानी, सामाजिक एवं भौगोलिक परिस्थिति अनुकूल क्षेत्रहरुमा विस्तार गर्दै जाने। 

वन, कृषि, पशु विकास, जलश्रोत आदि हरित क्षेत्रसँग सम्वन्धित निकायहरुसँग सम्पर्क एवं समन्वय राख्दै सेवा प्रदान गर्दै जाने। 

जनसहभागिता परिचालन नीति 

भूसंरक्षण तथा जलाधार व्यवस्थापन गर्ने कार्यमा स्थानीय वासिन्दाहरुको अधिकतम संलग्नताका लागि भूसंरक्षण सम्वन्धी कार्यक्रमहरुमा अत्यधिक जनसहभागिता परिचालन गर्ने उद्देश्यले मोटामोटी रुपमा तपसिल बमोजिमको प्रतिशत निर्धारण गरी कार्य गर्ने गरिएको छ र कार्यक्रमको प्रकृति, जिल्लाको भौगोलिक स्थिति, श्रोत साधनको उपलव्धता तथा उपभोक्ता समिति/समूहसँग प्रत्यक्ष सरसल्लाह गरी आवश्यकता अनुसार यिनमा घट्बढ गराएर पनि कार्यसंचालन गर्ने गरिएको छ। 

 

सि.नं. कार्यक्रमको नाम नेपाल सरकार(%)  जनसहभागिता (%)  
गह्रा सुधार (खेतवारी संरक्षण) ५० ५०
फलफूल (डालेघाँस रोपण) ६० ४०
क्षतिग्रस्त भूमी पुनरुत्थान ७० ३० 
पानी मुहान संरक्षण ७० ३०
पहिरो रोकथाम ६०८० २०४०
सडक पाखो संरक्षण ७०८० २०३०
गोरेटो बाटो सुधार ६०८० २०४० 
गल्छी नियन्त्रण ६०८० २०४० 
खोला किनार सुदृढिकरण ७०८० २०३०
१० सिंचाई कुलो संरक्षण ६० ४०
कार्यक्रमहरु
१) भूउपभोग विकास (गोटा) 
 १.१.  उपजलाधार योजना तर्जुमा

२) सामुदायिक एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम (उपजलाधार) 

२.१  प्राकृतिक प्रकोप रोकथाम (गोटा)

२.१.१  गल्छी रोकथाम

२.२.२   पहिरो रोकथाम

२.२.  विकासका पूर्वाधार संरक्षण (कि.मी.)

२.२.१  सिंचाई कुलो संरक्षण

२.२.२  गोरेटो सुधार

२.२.३  सडक पाखो संरक्षण

२.२.४  खोला किनार संरक्षण

२.३.  भूमि उत्पादकत्व संरक्षण (हेक्टर)

२.३.१ खेतबारी संरक्षण

२.३.२  क्षतिग्रस्त भूमि पुनरुत्थान

२.३.३ फलफूल रोपण

२.३.४ डाले घाँस/घाँस रोपण

२.४.  सामुदायिक भूसंरक्षण कार्यक्रम (गोटा)

२.४.१ पानी मुहान संरक्षण

२.४.२  साना जलाधार संरक्षण प्रदर्शन

२.४.३  ग्रामीण भूसंरक्षणमा टेवा

२.४.४ आयमूलक कार्यक्रम 

३)   समूह परिचालन तथा सशक्तिकरण (समूह)

३.१ विद्यालयमा संरक्षण शिक्षा

३.२ उपभोक्ता समूह तालिम/भ्रमण

३.३ संरक्षण महिला तालिम/भ्रमण

३.४ संरक्षण कृषक तालिम/भ्रमण

३.५ संरक्षण दिवस समारोह

३.६ समन्वयात्मक छलफल 

४.    नर्सरी स्थापना/विरुवा उत्पादन (गोटा/संख्या) 

५.    मर्मत सुधार (स्थान)
५.१. संरक्षण कार्यक्रमको मर्मत/व्यवस्थापन/रेखदेख 

६.    कार्यालयको वार्षिक प्रतिवेदन (पटक)    

 

कार्यालय प्रमुखको नाम         श्री इन्द्रबहादुर मल्ल 

कार्यालयको फोन नं.                       ०१४२४८९५४, ०१४२१५४८० 

निवास                       ०१४६००२६२