जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ४, भक्तपुर 

 

 

 

परिचय

नेपाल अधिराज्यको भुबनोट, कमजोर भौगर्भिक बनावट, विषम मनसुनी वर्षा प्रणाली, हिमनदी विष्फोटन, नाजुक आर्थिक अवस्थामा, जनचेतनाको कमी आदि कारणहरुले गर्दा भूक्षयबाढी, पहिरो, नदी कटान, गेग्रान वहाव आदि जस्ता विभिन्न जल उत्पन्न प्रकोपहरु प्रत्येक वर्ष भइरहन्छ। यी प्रकोपहरुको कारणबाट विभिन्न भौतिक संरचना जस्तै, सडक, नहर, जल विद्युत, आवास, खानेपानी आदि संरचनाहरुको क्षती लगायत कृषियोग्य भूमिको नास, सांस्कृतिक सम्पदाको विनास, जनधनको क्षति नै समग्र देशको सामाजिक, आर्थिक विकासमा नै नकारात्मक प्रभाव परिरहेको छ। यस्ता प्रकोपहरुको न्यूनिकरणको लागि जलस्रोत मन्त्रालय अन्तर्गत नेपाल सरकारका सम्वन्धित निकायहरुको सहभागिता तथा जापान सरकारको तर्फबाट जापान अन्तराष्ट्रिय सहयोग नियोग ९व्क्ष्ऋब्० को सहयोगमा २०४८ सालबाट ललितपुरमा जल उत्पन्न प्रकोप नियन्त्रण प्रविधि केन्द्र ९म्एत्क्० को रुपमा स्थापना भै विभिन्न कार्यक्रमहरु शुरु गरेकोमा यसै केन्द्रलाई त्यसको उद्देश्य तथा उपलब्धिहरुलाई संस्थागत गर्न २०५६ माघ २४ गते जलउत्पन्न प्रकोप नियन्त्रण विभाग ९म्भउबचत्कभलतयाध्बतभच क्ष्लमगअभम म्ष्कबकतभच एचभखभलतष्यल, म्ध्क्ष्म्ए० को स्थापना भई सोही विभाग अन्तर्गत यस कार्यालयको स्थापना भएको हो। तत्पश्चात नेपाल सरकारको मिति २०५८।१०।११ को निर्णयानुसार जल उत्पन्न प्रकोपहरुलाई जलस्रोत मन्त्रालय अन्तर्गत एउटै निकायबाट हेर्ने व्यवस्था गर्ने हेतुले साविकमा सिंचाई विभागको नदी नियन्त्रण महाशाखाबाट सम्पादन भई आएको नदी नियन्त्रण सम्वन्ध िकार्यहरुलाई यस विभागमा समाहित गरियो। तदनुरुप यस विभागको सांगठनिक ढाँचा समेत पुनरावलोकन गरी हाल विभिन्न जिल्लाहरुमा डिभिजन तथा सव डिभिजन कार्यालयहरु स्थापना भै जल उत्पन्न प्रकोप न्यूनीकरण कार्यहरु नियमित रुपमा संचालन भई आएका छन्।  

 

 

 

उद्देश्यहरू

क)   उपयुक्त प्रविधिको अन्वेषण, विकास र विस्तार तथा जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने।

ख)   प्रकोप नियन्त्रणसँग सम्वन्धित अन्य निकायहरुबीच समन्वय गर्ने।

ग)    अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन कार्यक्रमहरु तर्जुम ागर्ने तथा गराउने।

घ)    अल्पकालीन प्रकोप रोकथामका लागि आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्ने।

ङ)    जनसहभागिता जुटाउने।

च)   प्रकोप क्षेत्रको निर्धारण तथा नक्साङ्कन गर्ने।

छ)    अल्पकालिन रोकथामका लागि पिडित समूहलाई आवश्यक सामाग्रीहरु उपलव्ध गर्ने र उनीहरुको सहभागितामा कार्यान्वयन गराउने।

ज)   स्थल विशेषको प्रकोप नियन्त्रण गर्न सालवसाली प्रकृतिका योजनाहरु तर्जुमा गरि कार्यान्वयन गर्ने।

झ)   दीर्घकालीन रुपमा प्रकोप नियन्त्रण गर्न गुरु योजना तर्जुमा गरी क्रमिक रुपले कार्यान्वयन गर्ने। 

 

 

 

चालु आ.व.को बजेट नीति तथा कार्यक्रम

यस कार्यालय अन्तर्गत काठमाडौँ जिल्ला अन्तर्गत चालु आ.व. ०६४/०६५ को बजेट निम्न अनुसार रहेको छ। 

१)    केन्द्रस्तर 

–   बागमती नदी नियन्त्रण निर्माण तथा सर्वेक्षण  रु

 ३०,००,०००।०० 

–   सामाखुसी तथा धोविखोला नदि नियन्त्रण तथा सर्वेक्षण रु

 २५,००,०००।०० 

२)    जिल्लास्तर 

–   धोवीखोला नियन्त्रण रु

 २०,००,०००।०० 

–   विष्णुमति नदी नियन्त्रण रु

 २०,००,०००।०० 

३)    जिल्लाका अन्य विभिन्न स्थानहरुमा गरी ७६,००,०००।०० बजेट विनियोजन भएको छ। उक्त कार्यक्रम अन्तर्गत २६ प्रतिशत बजेट बराबरको तार जाली जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट वस्तुगत अनुदान स्वरुप प्राप्त हुने र १,००,०००।०० वा सो भन्दा घटीको योजनाहरुको निर्माण कार्य गराउनका लागि जि.आई. तार जाली खरिद बुनाई र ढुवानीको कार्य बाहेक अन्य सम्पूर्ण कार्य जनसहभागिता मार्फत गराउने नीति रहेको छ।