जिल्ला पशु सेवा कार्यालय 

परिचय

पशुपालन व्यवसायको दिगो विकास र यससँग सम्वन्धित व्यक्ति, समूह, समुदायको आर्थिकस्तर वृद्धि गर्न आवश्यक आधारभूत सेवाहरू उपलव्ध गराउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालयको व्यवस्था गरिएको हो। कार्यालयको आफ्नो भवन नभएको हुनाले विगतमा सिनामंगलमा भाडामा बसेको कार्यालय हाल चावहिल, लामपोखरीमा घर भाडामा लिई संचालित छ। 

उद्देश्य

क) पशुहरूको संरक्षण, सम्वर्धन र गुणात्मक सुधार गरी उत्पादकत्व र पशुजन्य पदार्थहरूको उत्पादनमा वृद्धि गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्ने।

ख) पशुपालन व्यवसायको व्यवसायीकरण र विविधिकरण गरी अवसरहरू बढाउनको साथै यस पेशालाई बढी लाभप्रद बनाउने।

ग) पशु पंक्षी र पशुपंक्षीजन्य उत्पादनको बजार व्यवस्थापन, पशुआहाराको व्यवस्थापन र वातावरण संरक्षणमा सहयोग पुर्‍याउने।

घ) जनस्वास्थ्यको संरक्षण र सम्बर्धनमा सहयोग पुर्‍याउने।

ङ) पशुपालन व्यवसायको माध्यमबाट गरिवी तथा सामाजिक दृष्टिकोणबाट पिछडिएको वर्ग र महिला वर्गको आर्थिक तथा सामाजिक व्यवस्थामा सुधार ल्याउन सहयोग गर्ने। 

 

चालु आ.व.को बजेट नीति तथा कायक्रम नियमन तर्फ  पूंजीगत खर्च अन्तर्गत रु. ७५०००/– 

चालु खर्च अन्तर्गत रु. १,७८,०००/– 

निक्षेपित तर्फ  पूंजीगत खर्च रु. २,००,०००/– 

चालु खर्च अन्तर्गत :  

पशु स्वास्थ्य सेवा तर्फ रु. ४,६०,०००/– 

पशु आहारा सेवा कार्यक्रम तर्फ रु. १,३७,०००/– 

पशु प्रजनन कार्यक्रम तर्फ रु. ३,८८,०००/– 

तालिम सेवा कार्यक्रम तर्फ रु. १,६२,०००/– 

तथ्यांक अद्यावधिक कार्यक्रम तर्फ रु. १,६२,०००/– 

जनचेतना अभिवृद्धि कार्यक्रम तर्फ रु. १,३६,०००/– 

महिला गरिवी निवारण बाख्रा फ्लोअप (दहचोक) तर्फ रु. ६८,०००/– 

नमुना पकेट गाईपालन फ्लोअप कार्यक्रम (नयाँपाटी) तर्फ रु.७५,०००/– 

 

 

कार्यालयका महत्वपूर्ण गतिविधिहरू

पशु सेवा केन्द्र नयाँपाटीको भवन निर्माण कार्य सम्पन्न भएको। 

कार्यालय प्रमुखको नाम डा. भरतबहादुर खड्का 

कार्यालयको फोन नं. ०१४४८०५३१, १४४६०२७३ 

फ्याक्स नं ०१४४६०२७३