महिला विकास कार्यालय 

परिकल्पना :    “समतामा आधारित समुन्नत परिवार” 

 

 

 

ध्येय
पिछडिएका र विपन्न महिलाहरूलाई चेतना जागरण, क्षमता विकास र सामाजिक परिचालनको माध्यमबाट आर्थिक, सामाजिक एवं राजनैतिक मुलप्रवाहिकरण गरी समतामुलक रूपले पारिवारिक जीवनस्तर अभिवृद्धि गर्ने तथा महिला वर्गको हक हितको संरक्षण एवं प्रर्वद्धन गर्ने। 

 

 

उद्देश्यहरू
क) र्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा पिछडिएका र अवसरबाट बञ्चित रहेका विपन्न महिलाहरुको विकासका लागि चरणबद्ध रुपमा चेतना जागरण, क्षमता विकास एवं सामाजिक परिचालन गर्दै स्थानीयस्तरमा महिलाहरूको सक्षम र आत्मनिर्भर, सामुदायिक संस्थाहआरुको विकास तथा प्रवर्द्धन गर्ने र त्यसका लागि सहकार्यको अवधारणालाई समेत प्राथमिकता दिने।

ख) महिला सशक्तिकरण गरि लैङ्गिक मुलप्रवाहिकरण गर्ने।

ग) सामाजिक कुरीति, चेलिवेटी बेचविखन, देहव्यापार, घरेलु हिंसा लगायतका महिला विरुद्धका अपराध नियन्त्रणका लागि पुरुष वर्गको समेत सहभागितामा सामाजिक जागरण बढाउने। स्रोत साधन र रोजगारीका अवसरमा महिला वर्गको पहुच तथा समानुपातिक नियन्त्रण स्थापनाका लागि पहल तथा समन्वय गर्ने।

घ) लैगिक मुलप्रवाहिकरणका क्षेत्रमा विशेषज्ञ सेवा समेत दिन सक्ने गरी अभलतभच या भहअभििभलअभ का रुपमा संस्थागत क्षमताको विकास गर्ने महिला वर्गको उन्नतिका तथा लैगिक शासन प्रणालीका लागि सम्वन्धित संयन्त्रको क्षमता अभिवृद्धिमा समेत योगदान गर्ने।

 ङ)   संचालित कार्यक्रमद्वारा अपेक्षित कार्यक्रम गर्न सकिए नसकिएको हेर्ने र कार्यान्वयन स्तरमा आइपरेका समस्या समाधान गर्न कार्यक्रमको निरन्तर अनुगमन गर्ने व्यवस्था गर्ने।

 

 

 

नीति 
  • गाउँ स्तरमा कम्तिमा ७ जना महिलाहरु रहेको समूह गठन गरिनेछ। 
  • महिला समूहबाट विभिन्न उपसमूह गठन गरिनेछ।
  • समूहका सदस्यहरुले नियमित रुपमा बचन संकलन गर्नेछन्। 
  • गाउँमा विपन्न तथा पिछडिएका महिलाहरुका सामाजिक तथा आर्थिक विकासमा टेवा पुर्‍याउने। 
  • महिलाहरुमा नेतृत्व गर्ने क्षमता र सीपको विकास गरी स्थानीय विकासका कार्यक्रममा उनीहरूको सहभागिता बढाइनेछ। 
  • समूहहरुलाई सुदृढ तुल्याउन र यिनको कार्यक्रम कार्यान्वयन गर्न तथा संस्थागत विकास गर्न गा.वि.स. र जिल्लास्तरमा संगठित संस्थाहरु विकसित गरिनेछन्।
  • कार्यक्रम कार्यान्वयनमा सहजकर्ताको हैसियतले उत्प्रेरणा जगाई सहयोग गर्न महिला सामाजिक परिचालिकाको व्यवस्था गरिनेछ
  • कार्यक्रम कार्यान्वयनमा सहजकर्ताको हैसियतले उत्प्रेरणा जगाई सहयोग गर्न महिला सामाजिक परिचालिकाको व्यवस्था गरिनेछ। आवश्यकता अनुसार उपयुक्त अवस्थामा यस्तो कार्यक्रम गर्न गैर सरकारी/सरकारी संघसंस्थालाई जिम्मेवारी दिन पनि सकिनेछ।
  • कार्यक्रमलाई बढी उपलब्धीमुलक र प्रभावकारी बनाउनको लागि लैगिक मूलप्रवाहीकरणको क्षेत्रलाई बढी सशक्त गर्न गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कार्यक्रम संचालन गरिने।

 

  

कार्यक्रम बजेट यस वर्षको कुल बजेट (रकम रु. हजारमा)
शिर्षक नं. ५६८०१, ५६८०१ रु २७७९ 
शिर्षक नं. ५६२००, ५६२००   रु. १० 
शिर्षक नं. ५६२०१   रु. ४० 
शिर्षक नं. ५६३०१  रु. २४०० 

   

महत्वपूर्ण गतिविधिहरु 
कार्यक्रम लागु भएको गा.वि.स. संख्या २९ गा.वि.स. 
दर्ता भएका संस्था संख्या  २०
कुल संख्याको शेयर सदस्य संख्या  ३५९४ 
कूल समूह संख्या ६४० 
कूल सदस्य संख्या ४८१४ 
कुल समिति संख्या १४ 
कुल समिति सदस्य संख्या २१०
समूह, समिति, संस्थाको कुल वचत

 १,५०,८०५०९ 

चालु कोष परिचालित रकम १०,९७,४९१ 

लगानीमा रहिरहेको चालुकोष रकम रु 

१७,४२,३२६ 

 

           

संचालन गरिएका क्रियाकलापहरू 
सामाजिक क्रियाकलापहरु 

संस्थागत रूपमा एकबद्ध भई जाड, रक्सी, जुवा तास जस्ता कुरिती, कुसंस्कारमा न्यूनिकरण तथा नियन्त्रण। 

 

जनआन्दोलन, बाढी पिडितहरुलाई आर्थिक सहयोग प्रदान। 
बाटोघाटो मठ मन्दिर निर्माण। 
Reproductive Health Camp हरु संचालन। 
जन्मदर्ता, विवाहदर्ता था वहुविवाह सम्वन्धी विभिन्न कार्यक्रम 
टोल सरसफाई तथा सुधार कार्यक्रम संचालन 
जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान/कपडा वितरण 

 

आर्थिक क्रियाकलापहरु  

नियमित मासिक तथा स्वेच्छिक वचत। 

वचत परिचालन, चालुकोष परिचालन। 
मुठि कार्यक्रम संचालन। 
सहकारीबाट खाद्यान्न सामान खरिद/विक्री वितरण गर्ने। 

राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी ऋण प्रवाह आदि। 

  

कार्यालय प्रमुखको नाम
सावित्री रावल 
कार्यालयको फोन नं. ०१४४३७९१४  
मोवाइल न ९८४१४४४११८ 
फ्याक्स नं ०१४४३७९१४