| आ.व. २०६४/०६५ को बजेट तथा कार्यक्रम तर्जुमाका नीति तथा आधारहरु |
-
आ. व. २०६४/०६५ को बजेट, निति तथा कार्यक्रम तर्जुमा गर्दा जिल्लाको समग्र क्षेत्रको सन्तुललित एवं दिगो विकास गर्न सहभागितात्मक विकास अवधारणा अनुसार योजना तथा कार्यक्रम तर्जुमा गर्ने प्रयास गरिएको छ। योजना तर्जुमा ईलाकास्तरबाट आएका योजना तथा कार्यक्रमहरुलाई उच्च प्राथमिकताका साथ जनताको आवाज र छनौट (Voice and Choice ) समावेश गरी सहश्राव्दी विकास लक्ष्य, त्रिवर्षीय योजना, पूर्व परिषद्हरु तथा विभिन्न मितिमा जिल्ला विकास समितिको सर्वदलिय संयन्त्रबाट भएका निर्णयहरु, जिल्ला यातायात गुरुयोजनाले निर्दिष्ट गरेको आधारहरु, सरकारले दिएका नीति, निर्देशनको सीमा भित्र रही प्रमुख नीतिहरु देहाय बमोजिम रहेका छन् । |
|
|
|
|
|
|
|
|
|
|
|
|
-
उपलब्ध सेवा सुविधाको पहुँचवाट विमुख जनजाति, दलित, अपाङ्ग, सीमान्तकृत समुदायलाई सामाजिक समावेशीकरणको अवधारणा अनुरुप सचेतीकरण, शीप तथा क्षमता विकासको अवसर प्रदान गरी विकासको मूल प्रवाहमा ल्याउने नीति अवलम्वन गरिनेछ। |
-
स्थानीय निकायवाट प्रवाह गरिने सेवा सुविधालाई विश्वसनीय, भरपर्दो वनाई सुशासन अभिवृद्धि गर्न जि.वि.स र गा.वि.स. बाट सम्पादन गरिने कार्यलाई पारदर्शी गर्न सार्वजनिक परीक्षण गर्ने कार्यलाई प्रभावकारी वनाइनेछ । जिल्ला । जिल्लाको समग्र क्षेत्रको सन्तुलित विकासको लागि उपलब्ध सीमित श्रोत साधनहरुको समुचित उपयोग गर्ने यस क्षेत्रमा कार्यरत सरोकार पक्षहरुसंग प्रभावकारी समन्वय र सहकार्यमा जोड दिईनेछ । |
|
|
|
|
|
|
|
|
|
|
|
|
-
जिल्ला विकास समितिको आवधिक योजना हालसम्म तयार नभएको र योजनाबद्ध व्यवस्थित विकास (ब्मखबलअभ एबिललष्लन) प्रयासलाई अगाडि वढाउन आवधिक योजना अपरिहार्य रहेको छ। सरकारले स्थानीय निकायहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधि, २०६४ लागु गरेको र सरकारले स्थानीय निकायमा उपलब्ध गराउने अनुदानमा आवधिक योजना तयार भई कार्यान्वयनमा ल्याइएको हुनुपर्ने व्यवस्था अनुरुप सो तयारीको लागि यस आ.व.मा जिल्ला पार्श्वचित्र ( District Profile ) लाई अद्यावधिक गर्ने, गरिवी नक्साङ्ककन ( Poverty Mapping ), गैसस प्रोफाईल (NGO Profile ) तयार गर्ने, श्रोत नक्सा ( Resource Map ) तयार गर्ने र जिल्ला विकासको रणनीतिक योजना ( Strategic Plan ) तर्जुमा गरिनेछ । |
|
|
-
वालुवा र ढुङ्गा खानीबाट जि.वि.स. र गा. वि.स. लाई प्राप्त हुने राजश्वलाई व्यवस्थित गर्न यस क्षेत्रबाट प्राप्त हुने राजश्वलाई ठेक्का प्रथाबाट उठाईनेछ । अवैद्य रुपमा हुने ढुङ्गा वालुवाको चोरी निकासीलाई निरुत्साहित गर्न प्रभावकारी अनुगमन एवं मूल्यांकनको संयन्त्र निर्मान गरी वालुवा, ढुङ्गा खानीबाट हुने आयलाई वृद्धि गरिनेछ । |
|
|
|
|
|
|
|
|
|
|
-
जिल्ला भित्र छरिएर रहेका पुँजी, श्रम र उद्यमशिलतालाई एकिकृत गरी गरीवी निवारणको लक्षलाई मूर्तरुप दिन नीजि क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजको सहयोग र सहकार्यमा सहकारी अभियानलाई आन्दोलनको रुपमा अगाडि वढाइनेछ । |
|
|
-
जिल्ला विकास समिति, विषयगत कार्यालय लगायतका जिल्लास्तरका कार्यालयहरुबाट प्रदान गरिएको सेवा प्रवाह, योजना तथा कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन सम्वन्धमा देखिएका समस्याहरुलाई समाधान गर्न सुझाव दिनको लागि विभिन्न प्रतिनिधित्व हुने गरी सर्वदलीय अनुगमन समितिको व्यवस्था गरिनेछ । |
|
|
|
|
|
|
|
|
|
|
-
विकासका पूर्वाधारहरु सडक, विद्युतीकरण, खानेपानी, सिचाई, वन तथा वातावरण संरक्षण, कृषि उत्पादनमा विशेष प्राथमिकता दिइनेछ । |
|
|
-
ग्रामीण पुननिर्माण तथा पुर्नस्थापना कार्यक्रम (RRRSDP) मा प्रस्तावित योजनाहरुको सर्भे, प्राविधिक, सामाजिक आर्थिक तथा वातावरणीय प्रभाव अध्ययन गरी योजना कार्यान्वयनको लागि आवश्यक पर्ने पूर्वाधारहरुको तयारी गरिनेछ । |
-
काठमाडौं जिल्लामा वहने नदी तथा खोलाहरुमा बढ्दो शहरीकरणसंगै ढलहरुको निकास तथा फोहरमैलाको विर्सजन गर्ने प्रवृति वढ्दै जादा यस कार्यबाट वातावरणीय प्रदुषण तथा जैविक विविधताको विनास हुने प्रवृति वढ्दै गएको पाइएको छ। यस कार्यलाई व्यवस्थित गरी वातावरण संरक्षण, नदी नालाहरुको संरक्षण तथा सुधारको लागि व्यवस्थित गुरुयोजना बनाई ढल निकासको उचित व्यवस्थापन गर्नको लागि जि.वि.स., नगरपालिका, न.पा. र गा.वि.स. समेतसगं समन्वय गरी कार्यक्रम तयार गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । |
|
|
|
|
|
|
|
|
|
TOPY |