काठमाडौं जि.वि.स.मा तपाईलाई स्वागत छ।
 
  संक्षिप्त परिचय  
     

 

 भौगोलिक विभाजन अनुसार काठमाण्डौं जिल्ला मध्यमाञ्चल विकास क्षेत्र अन्तरगर रहेको छ । काठमाण्डौं उपत्यका भित्रका तीन जिल्ला मध्ये काठमाण्डौं देशको राजधानी समेत भएको एक मुख्य जिल्ला हो । यो जिल्ला २७ डि. २७ मि. देखि २७ डि. ४९ मि. उत्तरी अक्षांशसम्म र ८५ डि. १० मि. देखि ८५ डि. ३२ मि. पूर्वी देशान्तरसम्म फैलिएको यो जिल्ला पूर्वमा भक्तपुर तथा दक्षिणमा ललितपुर तथा मकवानपुरको बीचमा अवस्थित छ । यस जिल्लामा ५७ वटा गाविस, १ वटा महानगरपालिका र १ नगरपालिका रहेका छन् । समुन्द्री सतहबाट १२६२ मिटरदेखि २७३२ मिटरसम्मको उचाईमा रहेको यस जिल्लामा चन्द्रागिरी, शिवपुरी र नागार्जुन गरी तीन उच्च पहाडी श्रृखलाहरु मुख्य रुपमा पर्दछन् । यस जिल्लाको अधिकतम तापक्रम जेठ आषाढ तिर ३२ डि. सम्म र न्युनतम तापक्रम पौष माघ तिर माइनस (२) डि.से. सम्म भएको पाईन्छ भने औषत वर्षा १७६.४ मि.लि. भएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल ३९५ वर्ग कि.मि. अर्थात ३९५०० वर्गहेक्टर रहेको छ । देशको कुल क्षेत्रफल मध्ये काठमाण्डौं जिल्लाले ०.२७ प्रतिशत भाग औगटेको छ ।

 

 
 
     
View In English   होमपेज : ईमेल चेक
गा.वि.स.हरू महत्वपुर्ण निर्णयहरु फोटो ग्यालरी
 
सूचनापाटी

जिविस - -०७-०३


५३  वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित