काठमाडौं जि.वि.स.मा तपाईलाई स्वागत छ।
 
  बजेट  
     
स्थानीय विकास अधिकारी श्री गोपालप्रसाद पराजुलीबाट प्रस्तुत आ.व. २०६६/०६७ को

नीति, योजना, बजेट तथा कार्यक्रम

 

प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू,

विशेष अतिथि माननीय मन्त्रीज्यूहरू

अतिथी माननीय संविधानसभा सदस्यज्यूहरू

नेपाल सरकारका विशिष्ट एवम् वरिष्ट पदाधिकारीज्यूहरू

विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु

 

पत्रकार, समाजसेवी, उद्योगी व्यापारी, किसान, मजदुर दाजुभाई दिदीबहिनी, राष्ट्रसेवक कर्मचारी एवम् उपस्थित भद्रमहिला तथा सज्जन वृन्द ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पछिको दोस्रो जिल्ला परिषद्ले स्विकृत गरेको आ.व. ०६६।०६७ को काठमाडौँ जिल्लाको वाषिर्क जिल्ला विकास कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरी पाल्नु भएका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण महानुभावहरुमा जिल्ला विकास समिति काठमाडौँ र म आफ्नो तर्फबाट समेत हार्दिक स्वागत गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनार्थ र प्राप्त उपलब्धिलाई संस्थागत गर्न ऐतिहासिक कालदेखि विभिन्न प्रजातान्त्रिक आन्दोलन हुँदै दशवर्षो जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलन समेतमा सहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात महान शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

ऐतिहासिक संविधानसभा मार्फ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नयाँ नेपालको संविधान निर्माणार्थ कार्यतालिका सहित कार्य अगाडि बढी सकेको सुखद अवस्थामा २०६७ जेष्ठ भित्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य पुनःसंरचना सहितको संविधान आइ सक्ने भएकाले त्यो अवस्थामा जनताले भेटन सक्ने नजिकको घर आँगनको आफ्नो सरकार "स्थानीय सरकार" को छाता संस्था जिल्ला विकास समितिले आफ्ना हक अधिकार सहित जनताको समिपमा सेवा प्रवाह गर्ने सुअवसर उक्त संविधानमै प्रत्याभूति भई सक्ने सुखद अनुभूति यहाँ उल्लेख गर्न सान्दर्भिक ठानेको छु ।

यसै सेरोफेरोमा यस जिल्ला विकास समिति काठमाडौँमा क्रियाशिल राजनैतिक दलको र्सवदलिय प्रतिनिधिमूलक संयन्त्रको सुझाव सल्लाह र सहमतिमा जि.वि.स.को आन्तरिक श्रोतको परिचालन, योजना तर्जुमाका विभिन्न चरणहरु, उपलब्धी, मूल्याङ्कन र प्रभाव मूल्याङ्कन सम्मका काम कारवाही अगाडि बढी रहेकै छन् । नेपाल सरकारबाट स्थानीय निकाय संचालनका लागि अर्को व्यवस्था नभए सम्म स्थानीय स्वायत्त शासन ऐन, २०५५ र यस अन्तर्गत बनेका नियमावलीहरूले अंगिकार गरेको जनप्रतिनिधिमूलक व्यवस्थालाई र्सवदलिय राजनैतिक संयन्त्रको यसै व्यवस्थाबाट अगाडि बढ्नु स्थानीय निकायको आवश्यकता र वाध्यता दुवै हो ।

स्थानीय स्वायत्त शासन ऐन, नियमले व्यवस्था गरे अनुसार सहभागितात्मक योजना तर्जुमा प्रक्रिया अवलम्वन गरी जिल्ला विकास समितिको आन्तरिक श्रोत, नेपाल सरकारबाट जि.वि.स.लाई सोझै प्राप्त हुने शर्त तथा निशर्त अनुदान र जि.वि.स. मार्फ् विषयगत कार्यालय तथा गा.वि.स.लाई प्राप्त हुने अनुदान रकमलाई प्राप्त मार्गदर्शन र बजेट सिलिङ्गका आधारमा आगामी वर्षो आयव्यय अनुमान गरी कार्यक्रम बजेट चालु वर्षो फागुनमसान्त भित्र स्वीकृत गरी सोको दस्तावेज चैत्र १० गते भित्र राष्ट्रिय योजना आयोगको सचिवालयमा पेश गरी सक्नुपर्ने कानूनी व्यवस्था छ । सोही अनुसार जिल्ला विकास समिति, काठमाडौका र्सवदलिय संयन्त्रको सल्लाह सुझाव र सहमतिमा स्वीकृत आ.व. ०६५।०६६ को संशोधित आयव्यय अनुमान र आ.व. ०६६।०६७ को अनुमानित बजेट तथा कार्यक्रम सहितको जिल्ला विकास योजना प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आदरणीय महानुभावहरु म यहाँहरु समक्ष चालु आ.व. ०६५/०६६ को हालसम्मको उपलब्धि र संशोधित अनुमान स्वीकृत गर्नु पर्ने कारणका बारेमा संक्षिप्त रुपमा प्रस्तुत गर्दछु ।

चालु आ.व. ०६५।०६६ को बजेट तथा कार्यक्रम गत आर्थिक वर्षो २०६५ असार ३० गते भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पछिको पहिलो जिल्ला परिषद्बाट जि.वि.स.को आन्तरिक श्रोत तर्फो रु. १५,७९,६०,०००।०० र नेपाल सरकारबाट प्राप्त हुने अनुमान रु. १५,३६,५७,०००।०० गरी जम्मा रु. ३१,१६,१७,०००।०० को आयव्यय अनुमान गरिएको थियो ।

जिल्ला परिषद्बाट असारमसान्तमा स्वीकृत भएको बजेट कार्यक्रम आ.व. को शुरुआत देखिनै कार्यक्रम संचालन गर्न बाधा नपर्ने हो तर वर्याम र नेपाल सरकारको चालु वर्षको बजेट नै ऐतिहासिक संविधानसभाबाट निर्वाचित जनप्रतिनिधिहरुबाट गठित सरकारले कार्य शुरु गरे पछि प्रथम चौमासिक अवधिको करिव अन्त्यतिर संसद सामु प्रस्तुत भएका कारणले जि.वि.स. काठमाडौँ गत आ.व.को क्रमागतमा रही सम्पन्न गर्नुपर्ने केही योजना र आन्तरिक श्रोतबाट हुने कार्यक्रमहरु संचालन गर्नमै सीमित रह्यो । दोस्रो चौमासिक अवधि शुरु भए पछि नेपाल सरकारको बजेट कार्यक्रम पनि स्वीकृत भई जि.वि.स.लाई अख्तियारी प्राप्त हुन थाल्यो र जि.वि.स.ले पनि आफ्नो आन्तरिक श्रोत समेत लगानी गरेर संचालन गर्ने योजना कार्यक्रमलाई वजेट वाँडफाँड समेत गरी अगाडि बढाएको छ । हाल जि.वि.स.को नेपाल सरकारबाट प्राप्त अनुदान र जि.वि.स. आफ्नै श्रोतबाट संचालन हुने योजना कार्यक्रमहरु पर संचालनको अवस्थामा रहेको व्यहोरा उपस्थित महानुभावहरु समक्ष प्रस्तुत गर्दछु ।

चालु आ.व. का लागि जिल्ला परिषद्बाट स्वीकृत बजेटमा गत वर्षसंचालित कार्यक्रम पूरा हुन नसक्ने चालु वर्ष क्रमागत कार्यक्रम सरेका र खर्च गर्न बाँकी रकमको जिम्मेवारी समेत सर्न आएको आन्तरिक श्रोततर्फको रकम रु. ९,६४,२९,५२२.९५ लाई समेत चालु आयव्ययमा समायोजन गर्नुपर्ने अवस्था, नेपाल सरकारबाट सीमित भए पनि कर्मचारी तलवमानमा भएको वृद्धि र अन्य प्रशासनिक खर्च समेतमा भएको वृद्धिलाई समायोजन गर्नुपर्ने आवश्यक भएको । स्थानीय सरकारको छाता संगठनमा रहेको जिल्ला विकास समितिको हालसम्म आफ्नो भवन नभएकोले गत वर्षनेपाल सरकारबाट ववरमहल स्थित प्राप्त ३-२-०-० (तीन रोपनी दुआना) जग्गामा भवन निर्माणाधीन रहेको र २ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार नियुक्त भई कार्यारम्भ भएको अवस्था छ । चालु आ.व.का लागि उक्त भवन निर्माण बजेट शीर्षकमा रु. २ करोड बजेट विनियोजन भएकोमा २ वर्षभित्र निर्माण सम्पन्न भईसक्नुपर्ने भवनमा कामको प्रगति समेतका आधारमा उक्त विनियोजित रकम अपर्याप्त हुने भएकाले उक्त बजेटमा रु. २ करोड ५० लाख थप गर्न आवश्यक देखिएको । जिल्ला विकास समिति मार्फ संचालन हुने कार्यक्रम र सेवाग्राहीलाई पुर्‍याउनुपर्ने सेवा प्रवाहको बढ्दो विकसित र परिमार्जित स्तर कायम गर्न जनशक्ति व्यवस्थापनमा नयाँ रक्त संचार गर्न, आफूलाई बदलिदो परिस्थितिमा क्षमतावान बनाउन आवश्यक देखिएको छ । जिल्ला विकास समितिमा आफ्नो जीवनको उर्वर समय खर्चेर लामो समय सेवा गरेका कर्मचारीलाई नियमावलीले तोकेको सुविधाका अतिरिक्त थप सुविधा उपलब्ध गर्राई सेवा निवृत्त हुन चाहने कर्मचारीलाई Golden Hand Shake  गरी विदा गरी संस्थामा नयाँ रक्त संचार गर्ने हेतु समेतले जिल्ला विकास समिति काठमाडौँको स्वीकृत कर्मचारी प्रशासन विनियमावली, २०६५ मा भएको व्यवस्था अनुसार थप उपदान कोष समेतको व्यवस्था गरिएको छ ।

नेपाल सरकारले चालु वर्ष बजेटमा जग्गा खरिद विक्री गर्दा कर फछर्यौट गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था कडाईका साथ लागु गरेकाले जि.वि.स.लाई समेत मालपोत रजिष्ट्रेशनको राजश्व बाँडफाँडबाट गत परिषद्बाट स्वीकृत अनुमानभन्दा थप आय प्राप्त हुने अवस्था देखिएको छ । जि.वि.स.को चालु वर्ष चालु तथा पूँजिगत व्ययमा थप संशोधित रकम यसबाट समेत पर्ति हुने अवस्था देखिएकाले आ.व. ०६५/०६६ का लागि रु. २६,७७,१०,०००।०५ को संशोधित आयव्यय अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षा भारतीय राजदुतावासको आर्थिक सहयोगमा संचालित आयोजनाहरुमा रु. २,१७,११,१५३।०० खर्च भएको र उक्त आयोजनाहरुको प्रगति सन्तोषजनक भई सम्पन्न हुने स्थितिमा रहेका छन् ।

चालु आर्थिक वर्षा लागि

 
 
     
View In English   होमपेज : ईमेल चेक
कुनै पनि लिंकहरु फेला परेन।
 
सूचनापाटी

जिविस - २०६६-०१-३१


६  वटा सुचना(हरु) उपलब्ध छन्।
अरु सूचनाहरु »    
© वि. सं. २०६५-२०६६ ॥ सर्वाधिकार सुरक्षित