काठमाडौं जि.वि.स.मा तपाईलाई स्वागत छ।

Warning: Division by zero in /www1/ddcktmg/public_html/inc_menu.php on line 4
 
NOTICES
  गा.वि.स.को न्यूनतम शर्त मापन सम्वन्धी सूचना - २०६६-०१-३१
---------------------------------------------------------------------------------------
 

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय, काठमाडौं

गा.वि.स.को न्यूनतम शर्त मापन सम्वन्धी सूचना
प्रकाशित मिति : २०६६।१।३१

यस जिल्ला विकास समिति अर्न्तगत रहेका ५७ गा.वि.स.हरुलाई निम्नानुसार १२ वटा समुहमा विभाजन गरी आ.व. २०६४।०६५ को न्यूनतम शर्त मापन गर्ने कार्य मिति २०६६ आषाढ दोश्रोहप्ता भित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले समुह संख्याका आधारमा १२ जना मूल्यांकनकर्ताको आवश्यकता भएकोले निम्नानुसारको योग्यता पुगेका व्यक्तिले यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र जि.वि.स.को कार्यालय काठमाडौंमा दरखास्त दिनु हुन यो सुचना प्रकाशित गरिएको छ ।

गा.वि.स.हरुको समुह विभाजन 

क्र.सं.  गा.वि.स.हरु गा.वि.स. संख्या
नाङ्गलेभारे, लप्सेफेदी, वज्रयोगिनी, सुन्टोल, पुखुलाछी
इन्द्रायणी, गागलफेदी, डांछी, आलापोट, भद्रवास
मुलपानी, गोठाटार, जोरपाटी, कपन
सुन्दरीजल, नयाँपाटी, गोकर्र्णोश्वर, वालुवा, चुनिखेल
झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी, गोगंवु
महाँकाल, खड्काभद्रकाली, चपली भद्रकाली, वुढानिलकण्ठ, चुनिखेल
साङ्गला, काभ्रेस्थली, धर्मस्थली, फुटुङ्ग, मनमैंजु
गोलढुंगा, सितपाईला, जितपुरफेदी, रामकोट, भिमढुंगा
स्यूचाटार, पुरानो नैकाप, नयाँ नैकाप, तीनथाना, वलम्वु
१० दहचोक, वाडभन्ज्याङ्ग, महादेवस्थान, थानकोट
११ मातातिर्थ,  सतुंगल, मच्छेगाऊ, चाल्नाखेल
१२ दक्षिणकाली, छैमले, टल्कु डुडेचौर, शेषनारायण, सेतीदेवी
आवश्यक विवरणहरु
क) मूल्यांकनकर्ताको योग्यता र अनुभव :
१.

मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरी ग्रामीण/सामुदायिक विकास वा सामाजिक परिचालन, स्थानीय निकाय, र्सार्वजनिक संस्था वा लेखापरीक्षण कार्यको १ वर्षो अनुभव हासिल गरेको ।
वा
मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरी नेपाल सरकारको निजामती सेवा वा स्थानीय निकायको सेवामा अधिकृतस्तरको पदमा काम गरेको व्यक्ति ।

२. माथि उल्लेखित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी लगायत नागरिकताको प्रमाणित प्रतिलिपी समेत पेश गर्नुपर्नेछ । साथै अनुभवको हकमा सम्वन्धित निकायबाट प्रमाणित पत्र पेश गर्नुपर्नेछ ।

ख) आवेदन फाराम दस्तुरः आवेदन फाराम रु. १०० तिरी यस कार्यालयको सुचना शाखाबाट उपलव्ध गराइनेछ ।

द्रष्टव्य :  एक समुहको लागि एक जना मुल्यांकनकर्ता मात्र रहने छ । एक जना मुल्यांकनकर्ताले एक समुह भन्दा वढी समुहको मुल्यांकन गर्न पाउने छैन ।


---------------------------------------------------------------------------------------
जिविस

<< Back

 
नेपालीमा     Home : Check Mail
No Links Found.
 
Notices
© 2008 A.D. || All rights reserved